रन्जु दर्शना भन्छिन् – ‘फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँ’


 


नेपालगन्ज, मंसिर १६
विवेकशील साझा पार्टीकी नेत्री रन्जु दर्शनाले टायर बालेर गरिने राजनीतिको अन्त्य नभएसम्म मुलुक उँभो नलाग्ने बताएकी छिन् ।

उक्त पार्टीले नेपालगञ्जमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उने भनिन्, “अब हाम्रो पार्टीलाई विश्वास गर्नुस्, हामी टायर बालेर होइन फूल रोपेर राजनीतिमा सुगन्ध झार्न चाहन्छौँ ।”

“राजनीतिमा ‘फेल’ भएका नेतालाई जनताले पटकपटक सत्तामा पु¥याए, फेल भएकाले मुलुकलाई ‘पास’ गर्न सक्दैन, तसर्थ यो निर्वाचनमा मतदाताले नयाँ चित्र र चरित्रलाई जिताउनु पर्छ”–नेत्री रञ्जनाले भनिन, “लोकतन्त्र ल्याउने पार्टी र त्यसका नेताले राजनीतिमा लुटतन्त्र पनि भित्र¥याए फलस्वरुप मुलुकमा विकास भएन, अराजकता बढ्यो, दिन प्रतिदिन हामी नेपाली पछौटेपनमा बाँच्न बाध्य भयौँ ।”

विवेकशील साझा पार्टीका तर्फबाट बाँके क्षेत्र नं को २ (ख) का उम्मेदवार डा विनोद कर्ण, क्षेत्र नं १ को (क) का उम्मेदवार दयाराम थारु र (ख) का उम्मेदवार ज्योति परियारले आफूहरुले चुनाव जितेमा राजनीतिक क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्ने विश्वास दिलाइन ।

प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्