विश्वकप २०१८ ड्र कुन समूहमा कुन राष्ट्र ? हेर्नुस तालिका
काठमाडौं,मंसिर १५
विश्वकप २०१८ ड्र समुहको खेल तालिका सार्वजनिक भएको छ । आगामी बर्ष २०१८ मा जुन १४ देखि रुसमा हुने खेलको तालिका आज सार्वजनिक भएको छ ।
आज सार्वजनिक तालिका अनुसार रुस विश्वकपमा स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् भने समूह डीमा अर्जेन्टिनासँगै नाइजेरिया परेको छ । युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा परेका छन् ।
रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र स्पेनको खेल जुन १५ मा हुनेछ ।
त्यस्तै अर्जेन्टिना रहेको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया छन् । अर्जेन्टिनाको पहिलो खेल १६ जुनमा आइसल्याण्डसँग हुनेछ । विश्वकप २०१८ को उदघाटन खेल भने आयोजक रसिया र साउदी अरेबियाबीच हुनेछ । यो खेल जुन १४ मा मस्कोमा हुनेछ ।
कुन समूहमा कुनकुन देश परे ? हेर्नुस तालिका
समूह विभाजन
समूह ए – रुस, उरुग्वे, इजिप्ट, साउदी अरबिया
समूह बि – पोर्चुगल, स्पेन, इरान, मोरक्को
समूह सी – फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया
समूह डी – अर्जे्न्टिना, क्रोएसिया, आइसल्याण्ड, नाइजेरिया
समूह ई – ब्राजिल , स्विजरल्याण्ड, कोष्टारिका, सर्बिया
समूह एफ – जर्मनी , मेक्सिको, स्विडेन, साउथ कोरिया
समूह जी – बेल्जीयम, इंग्ल्यान्ड, ट्युनिसिया, पानामा
समूह एच – पोल्याण्ड, सेनेगेल, कोलम्बिया, जापान
प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार