ललितपुरमा बम बिस्फोट


 


ललितपुर, मंसिर १५
ललितपुरको कुपन्डोलको यूएन पार्क नजिक शुक्रबार साँझ बम विस्फोट भएको छ । अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ ।

विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । विस्फोट फोहोरको थुप्रोमा गराइएकोले अवशेष समेत भेटिन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा अनुसन्धान को लागी प्रहरी खटाएको जनाएको छ ।
चुनावको विपक्षमा गतिविधि गरिरहेको समूहले आतंक फैलाउन विस्फोट गराएको प्रहरी अनुमान गरेको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्