उदयपुरमा विप्लवको नेकपाका जिल्ला सेक्रेटरी पक्राउ


 


गाईघाट, उदयपुर, मंसिर १५
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का जिल्ला सेक्रेटरी बाबुराम सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर जिल्लामा निर्वाचन भाँड्ने र बम आक्रमण गर्न थालेपछि विप्लव माओवादीका कार्यकर्ता खोजी गरेर पक्राउ गर्ने क्रममा बिहीबार सुवेदीलाई जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको घुम्ने भन्ने स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो ।

यस्तै उदयपुर गढीको दनुवार बेंसीमा एम्बुस थाप्ने योजनाकार बलबहादुर मगरलाई पनि बुधबार राति नै पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्