नेपालमा विस्फोटन गराउने भारतीय !


 


मलेखु, धादिङ, मंसिर १५

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक सामग्रीसहित आज पक्राउ गरेको छ ।

धुनीबेँसी नगरपालिकास्थिगत त्रिभुवन राजपथको खानीखोलामा गाडी चेकजाँचको क्रममा ना ७ ख ४९७६ नं को बसमा सवार भारत आसामका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षीय मोहमद फरमान अलीलाई विष्फोटक सामग्रीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो ।

बस चेकजाँचको क्रममा एउटा प्रेसरकुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थ भेटिएको छ । रासस

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्