ठुलो मात्रामा बिस्फोटक पर्दाथ सहित २ जना पक्राउ


 


धादिङ, मंसिर १५

धादिङको खानीखोलामा प्रहरीले ठूलो मात्रामा बिस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

झापाको काँकड्भिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसको चेकजाँचका क्रममा एउटा प्रेसरकुकर र दुई थान सकेटसहित विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो ।

विस्फोटक पदार्थ प्रहरीको नियन्त्रणमा रहेको र पक्राउ परेको दुवैजनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्