सुनको भाउ आज पनि घट्यो


 


काठमाडौं, मंसिर १५
आज पनि सुनको भाउ घटेको छ । आज प्रतितोला ३ सय रुपैयाँले सुनको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ५५ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ ५५ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्