सरकारले किन दियो पुस २७ गते सार्वजनिक बिदा ?


 


काठमाडौँ, मंसिर १५
सरकारले पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको हो ।

विगतमा पुस २७ गते सार्वजनिक बिदा दिदै आएकोमा दोस्रो जनआन्दोलनपछिका सरकारले सो बिदा कटौती गर्ने गरेका थिए ।
सरकारले राप्रपालाई खुसी पार्नका लागि बिदा दिएको चर्चा हुन थालेको छ ।

राप्रपाले स्थापनाकालदेखि नै पुस २७ गते सार्वजनिक बिदाको माग गरी एकता दिवस मनाउन सुझाव दिँदै आएको थियो ।

सरकारले पुनः बिदा दिएपछि मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने राप्रपाले विज्ञप्ती मार्फत जनाएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्