यसरी सफा हुन थाले काठमाडौंका सडक


 


काठमाडौँ, मंसिर १५
काठमाडौँ महानगरपालिकाले ब्रुमरको माध्यमबाट सडक सफा गर्न शुरु गरेको छ ।

केही समयअघि सडक कुचोले बडार्ने र पानीले पखाल्ने गर्दै आएको कामपाले आजदेखि ब्रुमरको माध्ययमबाट सडक सफा गर्ने काम शुरु गरिएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

सडक विभागसँगको सहकार्यमा कामपाले आज बिहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडकमा ब्रुमर लगाएको हो ।
करिब ५०० किलो मसिनो धुलो संकलन गर्ने क्षमता भएको उक्त ब्रुमरले नियमित रुपमा कामपालाई सफा गर्नेछ ।

बिहानको समयमा ब्रुमरले धुलो सफा गर्ने छ भने रातिको समयमा जेट मेसिनबाट सफा गरिने कामपाले जनाएको छ ।

हाल कामपासँग धुलो उठाउनका लागि एक वटा मात्र ब्रुमर छ । अन्य पाँच वटा ब्रुमर ल्याउनका लागि कामपाले बोलपत्र आह्वान गरिसकेको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्