भोलिदेखि १७ गतेसम्म सार्वजनिक बिदा


 


काठमाडौं, मंसिर १४
सरकारले शुक्रबार (भोलि) सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत महम्मदको जन्मदिनको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो । भोलिको यो बिदासँगै सरकारी कार्यालयहरु १८ गते सोमबारबाट मात्र खुल्ने भएका छन् ।

१६ गते शनिबार परेको छ भने १७ गते उधौली पर्वको बिदा परेको छ ।

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्