सर्वाधिक पुरस्कार राशिको इपिएल क्रिकेट प्रतियोगिताको खेल तालिका यस्तो छ


 


काठमाडौँ, मंसिर १४
सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ ।

खेल तालिकानुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिविको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँको किंग्स इलेभेन, ललितपुरको पाट्रिओट्स, विराटनगरको वारियर्स, भैरहवाको ग्लाडिएटर, पोखराको राइनोज र चितवनको टाइगर्स टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछ, जुन नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक पुरस्कार राशि हो । यसअघि प्रधानमन्त्री कपको विजेताले रु २० लाख पुरस्कार पाएको थियो ।

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्