सुनको भाउ फेरी बढ्न थाल्यो


 


काठमाडौं, साउन २६

सुनको भाउ एकै दिन पाँचसय रुपैयाँले बढेको छ। निरन्तर ओरालो लागेर ४७ हजार पाँचसय रुपैयाँसम्म झरेको सुनको भाउ मंगलबार पाँचसय रुपैयाँले बढेको हो। मंगलबार सुनको भाउ ४८ हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार तोलाको ४७ हजार सातसय रुपैयाँमा किनबेच भएको थियो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलाको १५ रुपैयाँले बढेर ६ सय ८० रुपैयाँ पुगेको छ। यसअघि चाँदीको भाउ ६ सय ६५ रुपैयाँ थियो।

प्रकाशित मिति: २६ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्