बाम गठबन्धनको गाडीमा यसरी गरे अज्ञात समुहले आगजनी


 


धनगढी,मंसिर १४
कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् ।

 


वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडी राखिएको बा १६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आगजनीबाट जीपको अगाडिको भाग जलेको छ । प्रहरीले आगजनी गर्ने व्यक्तिको खोजीकार्य गरीरहेको जनाएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्