विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ


 


दैलेख, मंसिर १३
निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा निर्वाचनसम्बन्धी गतिविधिले तीव्रता पाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि सक्रियता बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले सुरक्षाका लागि खटिएका प्रहरीलाई विभिन्न केन्द्रमा खटाउन शुरु गरिसकेको छ ।

मुख्य निर्वाचन कार्यालय दैलेखले कर्मचारीको खटनपटनको काम अन्तिम चरणमा पु¥याएको जानकारी दिएको छ ।

जिल्लामा निर्वाचन विरोधी गतिविधि रोक्ने अभियानसँगै जिप्रका दैलेखले तीन जना विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ ।

चुनाव विरोधी गतिविधिको संकेत पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दैलेखमा वा नजिकको प्रहरी चौकीमा खबर गर्न जनसाधारणसँग अनुरोध गरिएको छ ।

प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्