तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल मंसिर १२ गते,मंगलबार। इश्वी सन् २०१७ नोभेम्बर २८ तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष , दशमी तिथि

तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

चिताएका कुराहरु पुरा हुनेछन् । आफन्त र शुभचिन्तकको साथ सहयोगले जोश जाँगर बढेर आउने छ ।  आजको दिन तपाइको शुभ रहनेछ ।

वृष

सोचेका कामहरु बन्नेछन् । अध्ययनमा सफलता मिल्नेछ । खानपानमा ध्यान दिनु होला । बिग्रेको स्वास्थ्यमा सुधार आउनेछ ।

मिथुन

पारिवारिक सहयोग मिल्नेछ । स्वास्थयमा ध्यान दिनुहोला । अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ । धर्मकर्ममा रुची जाग्नेछ ।

कर्कट

मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् । विशिष्ट व्यक्तिहरुसँग भेटघाट होला । नयाँ काम गर्न जोश जाँगर हुनेछ ।

सिंह

बोलीको प्रभाव बढ्ने हुँदा अरुको मन सजिलै जित्न सक्नुहुनेछ । नयाँ मानिसहरुसँग भटघाट हुनेछ । आम्दानीका बाटोहरु फराकिलो बन्दै जानेछन् ।

कन्या

आज आर्थिक उपार्जन धेरै होला । सोचेका कामहरु पुरा हुनेछन् । नयाँ अवसरको सिर्जन होला । बोलीको प्रभाव बढ्ने देखिन्छ ।

तुला

आफन्तको सहयोगले मन प्रफुल्ल होला । दाम्पत्य जिवन सुमधुर बन्ला । विरोधीहरु किनारा लाग्ने देखिन्छ । अध्ययनमा सफलता मिल्नेछ ।

वृश्चिक

धार्मिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा सरिक भइएला ।

धनु

नयाँ कामको अवसर मिल्नेछ । तपाइबाट अन्य व्यक्तिहरु प्रभावित बन्नेछन् । जागिरमा बढुवा होला । अरुको मन सहजै जित्न सकिन्छ ।

मकर

परिवारको सहयोगले नयाँ कामको शुरुवात हुनेछ । रोकिएका कामहरु सजिलै बन्नेछन् । आफन्तसँग रमाइलो भेटघाट होला ।

कुम्भ

शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । धन आर्जन हुने योग छ ।

मीन

व्यपार व्यवसायमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले प्रशस्त काम बन्नेछन् । धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला ।

प्रकाशित मिति: १२ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्