नेपाल आइसकेका बेलायती राजकुमारले अमेरिकी हिरोइनसँग विहे गर्ने


 


काठमाडौं, मंसिर ११

बेलायतका राजकुमार ह्यारीले अमेरिकी हिरोइनसँग विवाह गर्ने भएका छन्। बेलायतको राजदरबार क्लारेन्स हाउसले ह्यारी र हिरोइन मेगन मार्कलबीच हुने घोषणा गरेको हो।

हलिउड अभिनेत्री मार्कल सामाजिक कार्यकर्ता समेत हुन्। लसएन्जलसमा जन्मिएकी मार्कल हाल टोरन्टोमा बस्दै आएकी छन्। ३३ वर्षीय ह्यारीभन्दा मार्कल तीन वर्ष जेठी छिन्।

बेलायतको राजगद्दी उत्तराधिकारीको रोलक्रममा पाँचौं नम्बरमा रहेका ह्यारीको विवाह आगामी वसन्तमा हुनेछ। विवाहपश्चात् उनीहरु केन्जिङटन प्यालेसस्थित नटिङगम कटेजमा बस्नेछन्।

ह्यारी र मार्कलबीच गत जुलाईदेखि प्रेम सम्बन्धमा छन्। उनीहरु गत सेप्टेम्बरमा पहिलो पटक सार्वजनिक रुममै देखिएपछि प्रेम सम्बन्ध सार्वजनिक भएको थियो। तर, ह्यारीले ‌औपचारिक रुपमा मुख खोलेका थिएनन्।

सोमबार भने ह्यारीले मार्कलसँगको सम्बन्धबारे मुख खोल्दै विवाह हुने घोषणा गर्न पाउँदा खुसी लागेको बताएका छन्।

प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्