हेलिकप्टर चढ्ने बारे दलबीच विवाद हुँदा मतपेटिका नलिइ फर्कियो हेलिकप्टर


 


काठमाडौं,

हेलिकप्टर चढ्ने विषयमा राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि  बझाङको दुर्गम  गाउँपालिका काँडाको मतपेटिका नलिई हेलिकप्टर फर्किएको छ ।

मतपेटिका संकलन गर्न गएको हेलिकप्टरमा आफूहरु पनि चढ्न पाउनुपर्ने माग दलका मतदान प्रतिनिधिले राखेका थिए । ६ जना मात्र चढ्न मिल्ने हेलिकप्टरमा ठाउँ अभाव भएका कारण क्याप्टेनले दलका सबै प्रतिनिधि नअटाउने बताएपछि विवाद बढेको थियो ।

काँडा गाउँपालिकामा ५ वटा मतदान केन्द्र छन् । नेपाली सेनाको हेलिकप्टरले पहिलो पटक धुलि निम्न माध्यमिक विद्यालयमा रहेको २ वटा मतदान केन्द्रबाट ६ वटा मतपेटिका र दुई जना मतदान अधिकृतलाई ओसारेको थियो ।

दोस्रो पटकमा काँडाकै धलौन माध्यमिक विद्यालय मतदान स्थलमा रहेका दुई वटा मतदान केन्द्रका ६ वटा मतपेटिका र २ जना मतदान अधिकृतलाई लिएर हेलिकप्टर काँडा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेको थियो ।

प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्