नेपाल टेलिकमले आफ्ना ग्राहकलाई दियो यस्तो सुझाव


 


काठमाडौं, मंसिर १०
नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ ।


टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन  भनेको हो ।  चिठ्ठा परेको प्रलोभनमा पारे नमिल्दा किसिमका नम्बरबाट कल गर्ने र ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमा यसो गरिएको जनाएको छ ।
विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ । उनीहरुले बैंकमा पैसा पठाउन लगाउने र ठग्ने गरेको टेलिकमले बताएको छ ।

प्रकाशित मिति: १० मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्