यि हुन मतपत्रमा हस्ताक्षर नगरी मतपत्र बदर गराउन खोज्ने मतदान अधिकृत


 


लमजुङ,मंसिर १०
लमजुङको मध्यनेपाल नगरपालिका रामबजारको इशानेश्वरी मावि (ख) का मतदान अधिकृत बर्खास्त भएका छन । हस्ताक्षर नगरी मतपत्र मतदातालाई दिएपछि कुमार न्यौपाने बर्खास्त भएका हुन । सो केन्द्रको जिम्मा सहायक मतदान अधिकृत सुमन थापामगर लाई दिइएको छ ।


अधिकृत न्यौपानेले हस्ताक्षर नगरी मतपत्र दिएपछि भएको विवादमा डेढ घन्टा मतदान प्रक्रिया अवरुद्ध बनेको थियो । हस्ताक्षर नभएका मतपत्र मान्य नहुने निर्णय गर्दै उनलाई बर्खास्त गरिएको हो ।

प्रकाशित मिति: १० मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्