अज्ञात समूहले गोली चलाउँदा दुई सुरक्षाकर्मी गम्भीर घाइते


 


सिरहा, मंसिर १०

सिरहाको निरदनामा अज्ञात समूहले प्रहरीमाथि गोली प्रहार गरेको छ । अज्ञात समूहको गोली प्रहारबाट एक प्रहरी र एक म्यादी प्रहरी घाइते भएको सिरहा प्रहरीले जनाएको छ ।

गोली लागी प्रहरी चौकी जितनामा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएको बताइएको छ ।  गोली यादवको पेट र म्यादी प्रहरीको कोखामा लागेको छ ।

मोटरसाइकलमा आएका दुईजनाले गोली चलाएको प्रहरीले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

प्रकाशित मिति: १० मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्