मतदान गर्न जाँदा एक युवतीको मृत्यु


 


दोलखा,मंसिर १०
चुनावमा भोट खसाल्न जाँदाजाँदै एक युवतीको मृत्यु भएको छ ।


दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ च्यामास्थित मतदान केन्द्रमा मत दिन जाँदै गर्दा १८ वर्षीया निर्मला फुयाँलको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएकी फुंयाल मुटुरोगी भएको जनाइएको छ ।

प्रकाशित मिति: १० मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्