वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताबीच झडप,प्रहरीद्वारा हवाई फायर


 


सिन्धुपाल्चोक, मंसिर १० 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ ।

वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ । झडपमा तीन जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने सुनकोशी गाउँपालिकामा रहेको उक्त केन्द्रमा एजेन्ट बसेका लोकतान्त्रिक गठबन्धनका व्यक्तिहरूले वामपन्थी कार्यकर्तालार्इ आक्रमण गरेपछि झडप भएको थियो ।

 

प्रकाशित मिति: १० मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्