मतपेटिकामा एसिड प्रहार गरी आगलागी, मतदान प्रक्रिया स्तगित


 


रुकुम मंसिर १०
पश्चिम रुकुमको बाँफिकोट गाउँपालिकाको एक मतदान केन्द्रमा विप्लव माओवादीका कार्यकर्ताले मतपेटिकामा आगो लगाएका छन । बाँफिकोट गाउँपालिकाको वडा नम्बर ५ मा रहेको रत्न मावि काँडा मतदान केन्द्रको (क) बुथमा प्रतिनिधसभा प्रत्यक्षतर्फको मतपेटिकामा आगो लगाइएको हो ।

विप्लवका कार्यकर्ताले एसिड खन्याएको आशंका प्रहरीले गरेको छ । मतपेटिका जलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
केही मतपत्र मात्र नष्ट भएको बताइएको छ ।

त्यसबेलासम्म सो मतपेटिकामा २५० मत हालिसकिएको मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिएका छन । आगलागीपछि मतदान प्रक्रिया रोकिएको छ । मतदान फेरि सुरु गर्नेबारे सर्वदलीय बैठक भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्