३२ जिल्लामा ४० प्रतिशत मतदान सम्पन्न


 


काठमाडौं ,मंसिर १०

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो साँढे १२ बजेसम्म ४० प्रतिशत मतदान सम्पन्न भएको छ ।

 

मध्याहृनसम्म औषतमा ४० प्रतिशत मतदान सम्पन्न भएको आयोगले जनाएको छ । मनाङमा सबैभन्दा बढी ५० प्रतिशत मतदान सम्पन्न भएको आयोगद्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।

बिहान ७ बजेदेखि साँझ ५ बजेभित्र सम्बन्धित मतदानस्थल प्रवेश गर्नेले मतदान गर्न पाउने आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ७ बजेदेखि छिटपुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ र प्रदेशसभातर्फ ७२ सिटका लागि मुलुकका हिमाली जिल्लाहरुमा मतदान जारी छ । अन्य ४५ जिल्लामा भने मंसिर २१ गते मतदान हुनेछ ।

प्रकाशित मिति: १० मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्