भोजपुरका यि ७ निर्वाचन केन्द्रको जिम्मा महिला कर्मचारी लाई


 


भोजपुर, मंसिर ९

आइतबार हुने निर्वाचनका लागि जिल्लाका सात मतदान केन्द्रको जिम्मेवारी महिलालाई दिइएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतदान अधिकृतमा सात महिला नियुक्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा एक लाख १३ हजार ७४५ मतदाता छन् ।


सतासी मतदानस्थल र १४८ मतदान केन्द्र रहेको भोजपुरमा रामप्रसाद राई गाउँपालिकाको बेहेरेश्वर केन्द्रमा सीता राई र भुल्के केन्द्रमा यमकुमारी राई, हतुवागढी गापाको शान्ति निकेतन केन्द्रमा गीता ढकाल, साल्पासिलिछो गापाको सालेवा केन्द्रमा रोजु भुजेल तथा षडानन्द नपाको केन्द्रमा क्रमशः पुष्पलता उप्रेती, सरस्वती पौडेल र मीना खत्रीलाई जिम्मेवारी दिइएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति: ९ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्