उमेद्वारलाई लक्षित गरी बम प्रहार, स्थानियहरुमा त्रास


 


भक्तपुर,  मंसिर ९

चाँगुनारायण नगरपालिका वडा नं ६ को स्वास्थ्यचौकी नजिकै आज साँझ ६ः३० बजे बम विस्फोट भएको छ ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । उम्मेदवारहरु नेपाली काँग्रेसका जीवन खत्री र नेकपा (एमाले)का हरिशरण लामिछानेको गाउँलाई लक्ष्य गरी बम पड्काइएको हो । मानवीय क्षति नभए पनि भौतिक क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रभाग खरिपाटीले जनाएको छ ।

प्रकाशित मिति: ९ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्