भोली कुन–कुन जिल्लामा चल्दैन सवारी साधन हेर्नुस


 


काठमाडौं,मंसिर ९

मंसिर १० गते आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अवधिभर ३२ जिल्लामा अनुमति पाएका बाहेकका गाडी नचल्ने भएका छन् ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार १० गते हुने ३२ जिल्लामा निर्वाचन अवधिभर कुनै पनि सवारी साधनहरु बिना अनुमती चल्न नपाउने भएका हुन । बिहान ७ बजेबाट बेलुका ५ बजे सम्म निर्वाचन समय भएकोले सो अवधीमा कुनै पनि सवारी साधन चलाउन पाईने छैन ।


आइतबार प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नं ५ का रूकुम (पूर्वी भाग) र रोल्पा, प्रदेश नं ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा चुनाव हुँदैछ ।

बाँकि ४५ जिल्लाहरुमा भने सवारी साधनहरु सामान्य रुपमा चल्ने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्