गोरखाको श्रीनाथकोटमा भेटिएको एक बोरा सकेट बम डिस्पोज


 


गोरखा,मंसिर ८

सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटको पाण्डेगाँउमा भेटिएको सकेट बम आज शुक्रबार डिष्पोज गरिएको छ ।
पाण्डे गाँउ स्थित गणेश पाण्डेको भत्किएको घरभित्र बोरामा रहेको दुइ वटा सकेट बम र १७ सय ६० थान डेटोनेटर नेपाली सेनाको बम डिष्पोजल टोलीले डिष्पोज गरेको हो ।

उक्त बोराभित्र २ वटा सकेट बम, २७ नम्वर डेटोनेटर ९७० थान, ३३ नम्बर डेटोनेटर ७९० थान, र तीन जोर टुपिन प्लग रहेको जनाइएको छ ।
बिहीबार स्थानीयले बोराभित्र शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । २०५६ सालदेखि उक्त घरमा कोही नबस्ने भएकोले द्वन्द्वको समयमा लुकाएर राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति: ८ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्