शशांक कोइरालाको कार्यालय अगाडी प्रेसर बम फेला


 


नवलपरासी, मंसिर ८
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।

नवलपरासीको देवचुली नगरपालिका–२ चौधरी उद्योग अगाडि रहेको नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडि बिहान बम भेटिएको हो । बम निष्क्रय पार्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बिहान ५ बजेतिर गाउँलेले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
कुकर बम कसले राखेको यकिन नभए पनि विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीले राखेको अनुमान गरिएको छ ।

प्रकाशित मिति: ८ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्