नेपाल कम्युनिस्ट पार्टीका यि नेतालाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन


 


काठमाडौं , मंसिर ८

निर्वाचनको मिति नजिकिएसँगै गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । गृह मन्त्रालयले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ठूला नेता पक्राउ गर्न निर्देशन दिएको छ ।

शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । पार्टीका प्रमुख नेताहरुलाई पहिचान र गीरफ्तारी गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

सो पार्टीका केन्द्रीय सदस्य सरला रेग्मी र मनिक लामा लाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । साथै देशका विभिन्न स्थानबाट चार सय भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।  आजको काठमाडौं पोस्टमा खबर छ

प्रकाशित मिति: ८ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्