गोरखामा भेटियो एक बोरा सुतली बम


 


गोरखा, मंसिर ७

गोरखाको सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटको पाण्डे गाउँमा एक बोरा सुतली बम फेला परेको छ । पाण्डे गाउँस्थित गणेश पाण्डेको भत्किएको घरमा भित्र एक बोरा सुतली बम भेटिएको हो ।


बोरामा तारसहित शंकास्पद बस्तु देखेपछि स्थानीयले बिहिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । पूराना भाँडा गालेर मुर्ति बनाउने क्रममा केहि ब्यक्तिहरुले बोरामा राखिएको बम फेला पारेको प्रहरीले जनाएको छ ।

बोराभरी रहेकाले कति संख्यामा बम छ भन्नेबारे प्रहरीले केही बताएको छैन । गोरखा प्रहरी नायब उपरीक्षक भेषराज रिजालले सो बम नेपाली सेनाको टोलीद्धारा भोली शुक्रबार निस्क्रीय बनाउने बताउनभएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्