नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप


 


ओखलढुंगा, मंसिर ७

ओखलढुङाको चम्पादेवी गाउँपालिका ९ विलन्दुमा नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएका छन् ।
झडपमा परी काग्रेसका दुई र एमालेका एक जना कार्यकर्ता जना कार्यकर्ता घाइते भएका छन् ।

जिल्लाको चम्पादेबी गाउपाँलिका ९ बिलन्दुमा गएराति झडप हुँदा नेपाली काग्रेसका कार्यकर्ता उत्तम कार्की र दुर्गा श्रेष्ठ घाईते भएका थिए । झडपमा परि घाइते भएका दुई जना को हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ ।

कांग्रेस कार्यकर्ताको टाउकोमा चोट लागेको र काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेका ओखलढुंगाका प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए । सोही घटनाको प्रतिशोध लिएर विहीबार दिउँसो कांग्रेस नेता तथा कार्यकर्ताहरुले वाम गठबन्धनका ४० वर्षीय काजी सार्कीलाई घरमै गएर आक्रमण गरेका थिए । उनी गम्भीर घाइते भएका छन ।
वाम गठबन्धनले चम्पादेवी गाउँपालिकाका प्रमुख नबराज केशीको नेतृत्वमा आक्रमण गरेपछि प्रतिकार गरेको जनाएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्