तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल मंसिर ७ गते बिहिबार । तद्नुसार, इश्वी संवत सन् २०१७ नोभेम्बर २३ तारिख । नेपाल संवत् ११३८ थिंलाथ्व । मार्ग शुक्लपक्ष। पञ्चमी तिथि  । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

गरेको कामको उचित मूल्यांकन होला । जोश जाँगर बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । आज तपाईले पतिष्ठा कमाउने योग छ ।

वृष

साथीभाइको सहयोगलाई बेवास्ता नगर्नुहोला । फजुल खर्च बढ्ने देखिन्छ । कृषि कर्मबाट राम्रो आम्दानी हुनेछ ।  पुराना समस्याहरु बल्झिन सक्छन् ।

मिथुन

आय आर्जनमा सफलता मिल्नेछ । मित्रहरुको साथ सहयोग पाउनुहुनेछ । परिवारबाट टाढिनु पर्ने देखिन्छ ।  तपाईको कुरा काट्नेहरु पनि देखिनेछन् ।

कर्कट

दाम्पत्य जीवन आज खटपट हुने सम्भावना छ । आज लगानी गरेको ठाउँमा सफलता मिल्ने देखिन्छ ।  कतै टाढाको यात्रामा निस्कनु पर्न सक्छ ।

सिंह

नयाँ काम सुरुवात गर्दा लाभ हुने देखिन्छ ।आज नाम र दाम कमाउने दिन देखिन्छ । आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । साथीभाइले साथ सहयोग दिने देखिन्छ ।

कन्या

प्रशस्त धन लाभ होला । बोलीको प्रभाव बढ्ने छ । प्रशंसकहरु बढ्नेछन् । अध्ययनमा सफलता मिल्नेछ । धेरैले तपाइको तारिफ गर्ने देखिन्छ ।

तुला

पारिवारिक सम्बन्धमा सुधार आउने देखिन्छ । साथीहरुसँग भेटघाट हुनेछ । मनमा प्रशन्नता छाउला । धन आर्जन गर्ने योेग देखिन्छ ।

वृश्चिक

पुराना बाँकी रहेका कामहरु बन्ने देखिन्छन् । आकस्मिक कतैको यात्रा हुन सक्छ । सोचेका कामहरु बन्नुका साथै नयाँ अवसर प्राप्त हुने योग देखिन्छ ।

धनु

नोकरीमा बढुवा हुन सक्छ । बोलिको प्रभाव बढ्ने देखिन्छ । सामाजिक मान सम्मान पाइएला । नयाँ काम गर्ने अवसर आउन सक्छ ।

मकर

सामाजिक कार्य उत्प्रेरणा मिल्नेछ । कतै यात्रा हुन पनि सक्छ । खानपिनमा विशेष ध्यान दिनुहोला । घरपरिवारमा खुसी छाउला ।

कुम्भ

बिग्रेको स्वास्थ्यमा सुधार आउनेछ । व्यवसायबाट मनग्य आम्दानी होला । सोचेका योजनाहरुले सार्थकता पाउनेछन् । मनमा उमंग छाउने छ ।

मीन

परिवारबाट साथ सहयोग पाउनुहुनेछ । व्यवसायबाट सन्तुष्टि मिल्ने देखिन्छ । साथीभाइको सहयोगमा मन प्रफुल्ल होला । नयाँ रोजगारी पाउन सक्नु हुनेछ ।

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्