यस्ता छन् प्रदीप ज्ञवालीले सार्बजनिक गरेका प्रतिबद्धता


 


काठमाडौं, मंसिर ६
नेकपा एमालेका सचिब तथा गुल्मी १ का उम्मेदवार प्रदीप ज्ञवालीले आज पत्रकार सम्मेलन मार्फत जिल्लामा आगामी पाच बर्षमा गर्ने कार्यको सार्बजनिक गरेका छन् ।

उनले सुखी गुल्मेली, संमृद्ध गुल्मी भन्ने अभियानका साथ घर घरमा धारा, टोल टोलमा बिकास भन्ने योजना अघि सारेका छन् ।

आफ्ना प्रतिबध्दता सार्बजनिक गर्दै ज्ञवालीले राष्ट्रिय घोषणापत्रको आलोकमा रहेर आगामी दिनमा जिल्लाको बिकासका लागि गरिने ठोस प्रस्ताव अघि सारेको बताउँदै भने (यो प्रतिबध्दता आश्वासन होइन, हाम्रो संकल्प हो । जुन हामीले जितेपछि ५ बर्षमा पूरा गर्छौ । हामी यो परिक्षणमा उत्रन तयार छौ ।

संयुक्त वामगठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र न १ गुल्मीद्वारा प्रस्तुत गरिएको प्रतिबध्दता पत्रमा ५ बर्ष भित्र वडा तहका सड़क पिच गर्ने, सबै घरमा पानीको धारा,सामुदायिक बिद्यालयमा सवारिसाधन र छात्राबास,सबैलाई स्वास्थ्य,कृषिमा ब्यबसायिकरण र बजारीकरण,समुहिक उधयमका लागि युबालाई बिना धितो ऋण,पर्यटन करिडोर र चक्रपथको अबधारणा अघि सारिएको छ ।

त्यस्तै, प्राविधिक उच्च शिक्षालयको स्थापना गर्ने, सिद्धबाबा सडकको बैकल्पिक सडकको निर्माण,सालझड़ी(तमघास सड़क निर्माण सम्पन्न गर्ने,तानसेन(रिड़ी(तमघास सड़क फराकिलो बनाउने,रेसङ्गा विमानस्थल निर्माण सम्पन गर्ने,कालीगंडकि करिडोर निर्माण सम्पन्न गर्ने,रुद्राबेनी (रिड़ी(वामिटकसारसडक कालो पत्रे गर्ने,रेसङ्गामा केबुलकार ,बिद्युत र फ़ोनको गुनस्तरिय सेवा र पहुँच पुर्याउने प्रतिबध्दता पनि समेटियका छन् ।

प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्