आज पनि घट्यो सुनको भाउ, कति छ मूल्य ?


 


काठमाडौं, मंसिर ६
आज पनि सुनको भाउ घटेको छ । आज प्रतितोला दुई सय रुपैयाँले सुनको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ५५ हजार आठ सय रुपैयामा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ ५६ हजार थियो । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्