स‌ंघीय नेपालमा १५० मन्त्री !


 


काठमाडौं, म‌ंसिर ६

निर्वाचनपछि गठन हुने संघीय र प्रादेशिक सरकारका मन्त्रीको संख्य अधिकतम १५० जना हुने भएका छन्। संघीय नेपालमा मन्त्रीको संख्या १५० सम्म पुग्ने देखिएको छ।

संविधानअनुसार यो भन्दा साने संख्यामा मन्त्रीमण्डल बनाउन सकिने भएपनि व्यवाहरतः सम्भव नहुने नेताहरु बताउछन्। यसरी मन्त्रीको संख्या बढ्दा खर्चको भार बढ्ने भएको हो।

प्रदेशमा सबैभन्दा धेरै मन्त्री ३ नम्बरमा बन्ने छन् जहाँ २२ जनाको मन्त्रीमण्डल हुने छ। त्यस्तै ६ नम्बर प्रदेशमा सबैभन्दा कम ८ जनाको मन्त्रीमण्डर बन्ने छ। २ नम्बरमा २१, १ मा १९, ५ मा १७, ४ मा १२ र ७ नम्बरमा प्रदेशमा ११ जना मन्त्री बन्ने छन्।-कारोबारबाट

प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्