छोराको निधनको शोकमा रहेका प्रचण्ड जब बम विस्फोटका घाइते भेट्न गए… (भिडियोसहित)


 


काठमाडौं, म‌ंसिर ५

छोराको निधनले शोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार चितवनम गए । दिउँसो वाम गठबन्धनको चुनावी सभामा सहभागीका उनी बेलुका  बम विष्फोटका घाइतेलाई भेट्न जाँदा अवस्था भिन्न बन्यो ।

उनले चितवन मेडिकल कलेज पुगेर  रौतहटमा भएको बम विस्फोटका घाइते सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

मंसिर ४ गते अज्ञात समूहको आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षको १४ र १५ नम्बर बेडमा उपचार भइरहेको छ ।

प्रचण्ड अस्पताल पुगेपछि सर्वसाधारणले प्रचण्डप्रति सहानुभूति व्यक्त गरेका थिए । उनीहरुले छाेरा गुमाएकाे पीडामा पनि जनताको समस्या बुझ्न आएकोमा प्रचण्डको प्रशंसा गरेका थिए ।

उनको साथमा माओवादी नेता मातृका यादव लगायत पनि अस्पताल पुगेका थिए ।

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्