५० हजार घूससहित प्रहरी अधिकृत पक्राउ


 


काठमाडौँ,  मंसिर ५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पचास हजार घूस लिँदालिँदै नेपाल प्रहरीका एक अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाले एक सेवाग्राहीसँग बालाजु नयाँ बसपार्कबाट रकम माग्दामाग्दै प्रहरी निरीक्षक हरिहर सुुनुवार पक्राउ परेको जानकारी दिनुभयो ।

पक्राउ परेका प्रहरी निरीक्षकको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्