चुनावी सभामा गित गाउँदा गाउँदै मृत्यु भएका पाख्रिन को हुन ?


 


चितवन,मंसिर ५
बाम गठबन्धन भरतपुरको चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ ।
चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको हो ।


२००९ सालमा गोरखाको खरिवोटमा जन्मिएका पाख्रिन नेकपा माओवादीका पूर्व सभासद समेत हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा उनी माओवादीबाट समानुपातिक सभासद बनेका थिए ।  पछिल्लो समय पाख्रिन माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए ।

नेकपा (चौम)बाट राजनीतिक यात्रा सुरू गरेका पाख्रिनले माओवादी जनयुद्द सुरू भएयता सांस्कृतिक समूहमा रहेर काम गरेका थिए । उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष पनि हुन् । उनका श्रीमति, २ छोरा र २ छोरी छन् ।

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्