कसरी घरदैलो गर्दैछन् काठमाडौंका वाम उम्मेदवार


 


काठमाडौं, मंसिर ४

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंमा वाम गठबन्धनका उम्मेदवारहरु च्ुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रीत भएका छन् ।

आ–आफ्ना क्षेत्रका विकास निर्माण, वडा र टोलका विविध समस्या समाधान गर्ने एजेण्डा र प्रतिबद्धतासहित वाम गठबन्धनका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रीत भएका हुन् ।

१० ओटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु बिहानैदेखि घरदैलो तथा सभामा सहभागी भइरहेका छन् ।सोमबारको चुनावी प्रचार नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं–२ नम्बर क्षेत्र स्थित कोटेश्वरको महादेवस्थानबाट तिनकुने सुविधानगरसम्म घरदैलो र मतदाता भेटघाट गरे ।

सेतीओपीमार्ग कोटेश्वर चोकहुँदै घरदैलो सुविधानगरमा पुगेर सम्पन्न भएको थियो । वरिष्ठ नेता नेपालसँगै प्रदेशसभा क का उम्मेदवार सानुकुमार श्रेष्ठ पनि सहभागी भए ।

पूर्वप्रधानमन्त्री नेपाललाई घर–घरबाट मतदाताहरुले सडकमा ओर्लिएर स्वागत गरेका थिए । कतिपय वृद्ध–वृद्धाले नेपाललाई मुलुकको नेतृत्व गर्नका लागि शुभकामनासमेत दिएका थिए ।

घरदैलोमा उनले मतदाहरुमााझ आफ्ना भावी योजनाका बारेमा जानकारी दिएका थिए । आफु ३४ वर्षदेखि कोटेश्वरकै स्थानीयबासी भएका कारण स्थानीय समस्याबारे जानकार भएकाले आगामी दिनमा समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गरे ।

दुई नम्बर क्षेत्रमा भएको विकास निर्माणको हरेक काममा आफ्नो संलग्नता रहेको भन्दै उनले आगामी दिनमा पनि स्थानीय स्तरमा देखिएका हरेक समस्या समाधानको अगुवाई गर्ने पनि बताए ।

त्यस्तै, महासचिव ईश्वर पोखरेलले पनि निर्वाचन नजिकीएसँगै घरदैलो कार्यक्रमलाई बढाएका छन् ।

पोखरेलले सोमबार बिहान पाँच नम्बर क्षेत्रका मतदातासँग भेटघाट गरेका छन् । उनले सोमबार अन्नपूर्ण मार्ग उपभोक्ता समितिसँग सुकेधारामा भेटघाट र छलफल गरे ।

समितिसँगको भेटघाट सकिएलगत्तै पोखरेल काठमाडौं चण्डोलमा घरदैलो कार्यक्रममा सहभागी भएका थिए । उनले घरदैलो कार्यक्रमका क्रममा स्थानीय स्तरमा हुने विविध विकास निर्माणको काममा आफुले जिम्मा लिने प्रतिबद्वता जनाएका थिए ।

पाँच नम्बर क्षेत्रको विकास निर्माण गर्नु, उक्त क्षेत्रलाई सम्बृद्व बनाउनु एक मात्र उद्देश्य भएको भन्दै आफ्नो उद्देश्य पुरा गर्न स्थानीय मतदाताको सहयोगको अपेक्षा गरे ।

त्यस्तै क्षेत्र नं ४ मा वाम गठबन्धनकातर्फबाट एमालेका उम्मेदवार डा। राजन भट्टराईले पनि चुनाबी अभियान तथा घर दैलोलाई तिब्रता दिएका छन् ।भट्टराईले सोमबार बिहान बुढानिलकण्ठ नगरपालिका वडा नं–१० को बालुवाखानी, लसुनटार र जोरधाराका मतदातासगं भेटघाट तथा  घरदैलो गरेका थिए ।

भेटघाटका क्रममा नेता भट्टराईले बुढानिलकण्ठ नगरपालिकाको घोषणा पत्र नै आफ्नो घोषणापत्र भएको बताउँदै घोषणपत्र बमोजिम यो क्षेत्रको समृद्धि र बिकासका लागि लागी पर्ने बताए । उनले भने, ‘यो क्षेत्रको बिकासका काममा जनप्रनिधि भएर काम गर्नेछु, ,अमुल्य मत दिएर सेवा गर्ने अवसर प्रदान गनुहुनेछ भन्नेमा बिश्वस्त छु ।’

त्यस्तै, क्षेत्र नं ९ का उम्मेदवार एमाले नेता कृष्ण गोपाल श्रेष्ठले पनि चुनाब प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । सोमबार बिहान प्रदेश सभा ९ क उम्मेदवार डा. अजय क्रान्ती शाक्य सहितको टोलीले बल्खु लगायत वडा नं १२, २१ र २२ मा घर दैलो कार्यक्रम सम्पन्न गरेका थिए ।

साथै, सोमबार दिउसो दहचोक र भिमढुगांका बिभिन्न स्थानमा कोठेभेला , घरदैलो र भेटघाट कार्यक्रम सम्पन्न गरे ।

काठमाण्डौ क्षेत्र नं ८ का एमाले नेता जिवनराम श्रेष्ठले पनि चुनाबी प्रचार प्रसार ,भेटघाट तथा घरदैलोलाई अगाडी बढाएका छन् ।नेता श्रेष्ठले सोमबार बिहान प्रदेश सभा ९क०का उम्मेदवार राजेश शाक्य सहितले वडा नं १९ को मरुहिटी ,गणेश मन्दिर ,चसान लगायतका स्थानमा घर दैलो गरेका थिए । घरदैलोका क्रममा स्थानीयको उल्लेख्य सहभागीता रहको थियो ।

नेता श्रेष्ठले आफु यहि स्थानमा जन्म,पढी बढी हुर्केकाले यो स्थानको माया साथै यो स्थानका समस्याका बिषयमा आफु जानकार भएको बताए । ‘एकपटक मौका दिनुहोस यो ठाउँको मुहार फेर्छु,’ उनले भने ।

त्यस्तै, काठमाडौं क्षेत्र नम्बर १, ३, ६ र १० मा पनि वाम गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् ।

 

 

प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्