इटालियन सिरी ए फुटबलमा साबिकको बिजेता युभेन्टस पराजित


 


काठमाडौं, मंसिर ४

इटालियन सिरी ए फुटबलमा साबिकको बिजेता युभेन्टस पराजित भएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस साम्पडोरियासँग ३ – २ ले पराजित भएको हो ।

घरेलु मैदानमा युभेन्टसलाई पराजित गर्ने क्रममा साम्पडोरियाका दुभान जापटा, लुकास टोर्रेइरा र मार्को फेरारीले समान एक एक गोल गरे । युभेन्टसका गोन्जालो हिगुईन र पाउल ड्याबलाले एक एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५२ औं मिनेटमा जापटाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा लुकासले गोल गर्दै साम्पडोरियाको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा फेरारीले गोल गर्दै साम्पडोरियाको अग्रता ३ – ० को बनाए । खेलको ९० औं मिनेटमा हिगुईनले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काउने कोशिस गरे । त्यसपछि खेलको इन्जुरी समयमा युभेन्टस ड्याबलाले एक गोल थपेपनि टोलीको हार टार्न सकेनन ।

यो हारसँगै युभेन्टसले शीर्ष स्थानको नापोलीसँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ । तेस्रो स्थानको युभेन्टसको १३ खेलबाट ३१ अंक छ । शिर्ष स्थानको नापीलोको ३५ अंक छ । आइतबार राति नै एटलान्टालाई २–० ले पराजित गरेको इन्टर मिलान ३३ अंकसहित दोस्रो स्थानमा छ । साम्पडोरिया २६ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्