राष्ट्रपतिबाट समवेदना प्रकट


 


काठमाडौँ, मंसिर ३

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरुको एक समूहले आज माओवादी केन्द्र मुख्यालय, पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट ग¥यो ।

समूहले स्व दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि प्रकट ग¥यो

समूहमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, राजनीतिक विज्ञ सुशील प्याकुरेल तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी हुनुहुन्थ्यो ।

प्रकाशित मिति: ३ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्