ट्वाइलेट पेपर बोकेको गाडीमा १७ केजी सुन !


 


काठमाडौं, मंसिर ३

चीनसँगको रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । बा ११ च ७९ १८ नम्बरको जीपबाट प्रहरीले १७ केजी भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरिएको हो ।

रसुवाका प्रहरी नायक उपरीक्षक शरतकुमार थापाकाअनुसार शनिबार गाडीमा फल्स बटन बनाएर ल्याइँदै गरेको सुन रसुवागढी नाकाबाट समातिएको हो ।

गाडीले चीनबाट ट्वाइलेट पेर र छुर्पी ल्याएको थियो । प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा गाडीबाट सुन बरामद गरिएको थापाले बताए । सुन र गाडी कसको हो ? भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्