स्थानीय निर्वाचनमा १३ लाख १९ हजार मत बदर, कसरी?


 


काठमाडौं, मंसिर २

तीन चरणमा गरी सम्पन्न स्थानीय तह निर्वाचनमा औसतमा १३ लाख १८ हजार ९६० मत बदर भएको पाइएको छ ।

स्थानीय निर्वाचनमा खसेको कुल मत अर्थात १ करोड ४ लाख ४५ हजार ६६४ मत मध्ये ९१ लाख २६ हजार ७०४ मत मात्रै सदर भएको थियो ।

खसेको मत र स्थानीय तहका सबै उमेदवारले पाएको सदर मत बीचको फरकबाट बदर मत निकालिएको हो । यो औसत बदर मत १२ दशमलव ६९ प्रतिशत हुन आउँछ ।

स्थानीय निर्वाचनमा एउटै मतदाताले ७ जना प्रतिनिधिलाई मतदान गर्नुपर्ने हुन्थ्यो । प्राय: प्यानल भोट भन्दा मत क्रस गर्न खोज्दा धेरै बदर भएको निर्वाचन आयोगले जनाएको छ।

देशभर तीन चरणको निर्वाचनका लागि १ करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम गरिएको थियो । त्यसमध्ये तीन चरणमा गरी ७४ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्