भोजपुरमा बम विस्फोट, असईसहित २ प्रहरी र युवा संघका नेता घाइते


 


भोजपुर, मंसिर २
षडानन्द नगरपालिका १३ तिनतले नजिकैको भीरथाप्लोमा बम विस्फोट हुँदा चुनावी सभा सकेर फर्कदै गरेका युवा संघका कार्यकर्ता विक्रम राई घाइते भएका छन् । त्यसैगरि २ जना प्रहरी पनि घाइते भएको बताइएको छ ।

बाटोमा राखिएको टाइम बमबारे बुझ्न प्रहरी टोली खटेर गएको र  भिड हटाउने क्रममा बम पड्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए ।

विस्फोटबाट वाम गठबन्धनको आमसभामा पुगेर सदरमुकाम फर्कदै गरेका युवा संघका सचिवालय सदस्य ट्याम्के मैंयुङ्ग गाउँपालिका वडा नं. ७ दिप्साका विक्रम राईको टाउकोमा चोट लागेको छ ।

घाइते हुने प्रहरीमा प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरी निरीक्षक देवनारायण यादव रहेका छन् । घाइतेलाई उपचारका लागि सदरमुकाम ल्याइदैछ ।

प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्