भोजपुर १ मा वाम गठबन्धनको चुनावी सभामा बम प्रहार


 


भोजपुर, मंसिर २

भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका वडा नं. २ कुलुङ्गमा वाम गठबन्धनको चुनावी सभा चल्दै गर्दा केहि बेर अघि बम विस्फोट गराईएको छ ।

सभामा प्रदेश नं. क का उम्मेद्वार राजेन्द्र राईले सम्बोधन गर्दै गर्दा कार्यक्रमस्थलको १ सय मिटर नजिकै बम विस्फोट गराईएको हो ।  बम विस्फोट भएपछि सभा आतंकित भएर तितरवितर भएको थियो ।

विस्फोटमा कोहि हाताहात नभएको बताईएको छ । अहिले सभा सुचारु भईरहेको छ । बम प्रहार गर्ने टोलीको पहिचान हुन सकेको छैन ।

प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्