१० किलो खैनीको विवादले प्रहरीबीच कुटाकुट!


 


वीरगञ्ज, म‌ंसिर २

पर्सा प्रहरीको टागर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच शुक्रबार कुटाकुट भयो। कारण थियो १० किलो खैनी।

एक व्यापारीले १० किलो खैनी लिएर बारा र पर्साको सिमाना सिंगहा नदीको पुलमा पुग्दा सशस्त्र प्रहरी जवानले आफूले सो सामान समातेको बताए। यता पर्सा प्रहरीको ना १ प २०७५ नम्बरको मोटरसाइकलमा सवार टाइगर टोलीले पनि त्यही दाबी गर्‍यो।

विवाद बढ्दै गएर कुटाकुटसम्मको स्थिति उत्पन्न भयो। सादा पोसाकमा एक्लै रहेका सशस्त्र प्रहरी जवानलाई टाइगर टोलीले बुटपिट गरेको प्रत्यक्षदर्शीले बतए।

यो विषयमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक अनीश कर्णसँग बुझ्दा पर्साको टोली सीमा क्षेत्रमा  खैनी समातेको र बाराका सशस्त्र प्रहरी आफूले समातेको भनी दाबी गर्दा सामान्य विवाद भएको जानकारी दिए। सशस्त्र प्रहरी बीओपी विश्रामपुरका निरीक्षक सञ्जय गोइतले पनि सामान्य विवाद भएको बताए ।

प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्