भोजपुरमा वाम गठबन्धनलाई जिताउन साहित्यकार, कलाकारको समिति


 


काठमाडौँ, मंसिर २

भोजपुर जिल्लाका साहित्यकार तथा कलाकारहरूको राजधानीमा सम्पन्न एक भेलाले आसन्न प्रदेशसभा एवं प्रतिनिधिसभा निर्वाचनमा भोजपुरका वाम गठबन्धनका साझा उमेदवारहरूलाई भारी बहुमतका साथ जिताउन एक समिति गठन गरेका छन् ।

लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्व र समृद्ध नेपालका लागि बाम एकताको कुनै विकल्प नभएको भन्दै भोजपुरे लेखक, साहित्यकार तथा कलाकारहरूले बाम गठबन्धनका साझा उमेदवारहरूलाई जिताउन यस्तो अपिल गरेका हुन् ।

‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’जस्ता कालजयी गीतका स्रष्टा श्याम तमोटको संयोजकत्वमा गठित समितिमा कवि शशी लुमुम्बू सदस्य सचिव रहेका छन् ।

समितिका सदस्यहरूमा विप्लव ढकाल, देवीप्रसाद घिमिरे, भक्तिविलास घिमिरे ‘दुर्बोध’, वसन्त मुकारुङ, कला राई, पूर्ण इन्फादा, मनोज साङ्सोन, जमुना राई, दीपक थापा, वेदनाथ ढकाल लगायत रहेका छन् ।

बाम गठबन्धनबाट भोजपुरमा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका सुदन राई र प्रदेशसभाका लागि राजेन्द्र राई र शेरधन राई साझा उमेदवार छन् । पूर्व संचारमन्त्री रहेका शेरधन राई एक नम्बर प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्