युएईमा एक नेपालीले अर्काे नेपालीको हत्या गरे
काठमाडौं, साउन २४
वैदेशिक रोजगारीका लागि युएई र मलेसिया गएका नवलपरासीका दुई जनाको ज्यान गएको छ । देबचुली–१ का रामबाहादुर लामाकोसँगै काम गर्ने नेपाली कामदारको छुरा प्रहारबाट ज्यान गएको हो ।
हत्यामा संलग्न ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । त्यस्तै मलेसिया गएका अमरापुरी–१ का सन्तोष गुरुङको ज्यान गएको छ । गुरुङको सुतेकै ठाउँमा ज्यान गएको आफन्तले जनाएका छन् ।
लामा र गुरुङको शव नेपाल ल्याउन पहल गरिरहेको सुरक्षित आप्रवाशन सूचना तथा परामर्श केन्द्र कावासोतीले जनाएको छ ।
प्रकाशित मिति: २४ श्रावण २०७२, आइतबार