अफगानिस्थानसँग नेपालको कमजोर प्रदर्शन, २८ ओभरमा १०३ रन बनाउँदै अल आउट


 


काठमाडौं, मंसिर १

मलेसियामा जारी एसिसि यु १९ एसिया कपको सेमिफाइनलमा अफगानिस्तानसँग नेपालले खराब प्रदर्शन गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल अफगानिस्तानका बलरसामू निरिह बने। निर्धारित ५० ओभरको खेलमा नेपालले ३० ओभरमा सबै विकेट गुमाउँदै ९०रन मात्र बनाउन सक्यो।

नेपालका लागि अनिलकुमार साहबाहेक अन्य कुनै पनि ब्याट्मेनले दोहोरो रनको स्कोर बनाउन सकेनन्। साहले ५७ बल खेल्दै ५१ रन पुरा गरे। उनले ७ चौका १ छक्का प्रहार गरे।

कमजोर सुरुवात गरेको नेपालका लागि जितेन्द्र सिंह १ रनमा आउट भएका थिए भने आशिफ शेख शून्य, दीपेन्द्र सिंह ऐरी ६ रन, रोहितकुमार पौडेल ४, भीम सार्की ६ रन बनाएर आउट भए।  पवन सरार्फले ८ रन बनाउँदा कमल सिंह ऐरी र किशोर महतो शून्यमा आउट भए।

सन्दिप लामिछानेले केही टिकेर खेलेको खेलमा ७ रन बनाएर रन आउट भए भने साहब आलमले समान ७ रन बनाए।अफगानिस्तानका लागि मुजिब रहमानले सर्वाधिक ६ विकेट लिए। अहमद कमाले २ विकेट लिए।

प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्